स्वास्थ्य मन्त्री लामाको विज्ञ सल्लाहकारमा डा. विराज कर्माचार्य नियुक्त

स्वास्थ्य मन्त्री लामाको विज्ञ सल्लाहकारमा डा. विराज कर्माचार्य नियुक्त

संगिता अधिकारी

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा. विराजमान कर्माचार्य नियुक्त भएका छन् । मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा ‘जनस्वास्थ्य सल्लाहकार’ पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन् ।

अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ को दफा ३ ९५० अनुसार मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको अनुमतिमा कर्माचार्यलाई विज्ञ सल्लाहकार नियुक्त गरेको मन्त्री लामाको सचिवालयले जनाएको छ ।

कर्माचार्य धुलिखेल अस्पताल पब्लिक हेल्थ डिपार्टमेन्टका एशोसियट प्रोफेसर हुन् । काठमाडौं विश्वविद्यालयबाट एबिबिएस गरेका उनले थाइल्याण्डको महिडोल विश्वविद्यालयबाट ट्रफिकल मेडिसिनमा एमएससी, वासिङ्टन विश्वविद्यालयबाट ग्लोबल हेल्थमा स्नातकोत्तर र एपिडिमियोलोजीमा विद्यावारिधि गरेका छन् । उनी स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधिमा सक्रिय छन् ।