मेरी स्टोप्स नेपालले आज देखि महिला सम्बन्धी सेवा तीन ठाउँमा सेवा विस्तार गर्ने भएको छ । देशको राजधानी काठमान्डौ स्थित सातदोबाटो , चितवन र दाङ महिला सम्बन्धी सेवा विस्तार गरिने बताइएको हो ।
महिनावारी सुरु हुदादेखि अन्त्यसम्म , जीवनको हरेक पाइलामा मेरी स्टोप्स्को साथ भन्ने मुल नाराका साथ सेवा विस्तार गरिने मेरी स्टोप्स नेपालकी मार्केटिङ म्यानेजर निशा शर्माले बताउनुभयो ।
मेरी स्टोप्स नेपाल २८ वर्ष देखि यौन तथा प्रजनन स्वास्थ्यमा सेवा दिदै आएको छ । जसले २२ वटा सेन्टरबाट सेवा दिएको छ ।
यसपटक ग्रामीण तथा दुर्गम भेग मा र सेवाको १०% छुटमा उपचार गरिने मेरी स्टोप्स नेपालले जनाएको छ । कुनै समस्या भए वा उपचार गर्नु परे ११४३ फ्री फोन सेवा समेत उपलब्ध गराइएको छ ।
प्रतिक्रिया