ओलीका निकट मानिने कनिष पटेल नेकपा एसमा प्रवेश

ओलीका निकट मानिने कनिष पटेल नेकपा एसमा प्रवेश

संगिता अधिकारी

नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव एवम एमाले बोधिमाई नगरपालिका अध्यक्ष कनिष पटेल,नेकपा एमाले मधेस प्रदेश सदस्य कपिलदेब पटेल लगायतका नेता एकीकृत समाजबादि) पार्टीमा प्रवेश गरेका छन ।

भुमिगत कालमा मनमोहन अधिकारी देखि माधब नेपाल केपी शर्मा ओली तीन पुस्तानै कम्युनिस्ट आन्दोलन मा लागेका थिए । पटेलका हजुरबुवा तथा कपिलदेब पटेलका पिता नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालका नेता गेना पटेल हुन।केपी ओली निकट मानिने पटेल परिवार केपि ओली प्रभु शाहको धनबाद र डनबादको प्रभाबमा परेर कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको बाटोमा लग्न खोजेको बताउदै नेकपा एस रोजेको बताए ।

कम्युनिस्ट आन्दोलन रक्षार्थ सिद्धान्तवान ईमानदार नेता माधव नेपालको पार्टी प्रवेश गरेको उल्लेख गरे । आफुहरुको पार्टी प्रवेश संगै रौतहट र बोधिमाई नगरपालिकामा नेकपा (एकीकृत समाजवादी पहिलो शक्ति हुने दाबी गरे।