नेकपा एकिकृत समाजबादी गोरखा(काठमाडौ सम्पर्क मञ्चको अध्यक्षतामा ३२सदस्यीय कमिटी गठन

नेकपा एकिकृत समाजबादी गोरखा(काठमाडौ सम्पर्क मञ्चको अध्यक्षतामा ३२सदस्यीय कमिटी गठन

संगिता अधिकारी

नेकपा एकिकृत समाजबादी गोरखा(काठमाडौ सम्पर्क मञ्चको विष्णु खनालको अध्यक्षता तथा रञ्जन दवाडी सचिव सहित ३२सदस्यीय कमिटी गठन भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिव्युरो सदस्य तथा सम्पर्क कमिटी फाट इन्चार्ज विजय गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि पोलिव्युरो सदस्य तथा युवा फाट इन्चार्ज दिलकुमारी पन्त ,केन्द्रीय सदस्य शकर पोखरेल,गण्डकी प्रदेश सम्पर्क मन्चका अध्यक्ष जगनाथ अधिकारी ,मञ्चका प्रदेश सदस्य पिताम्वर सिम्खडा तथा द्रोण अधिकारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।