अनेरास्ववियू पुर्वाञ्चल राष्ट्रिय कमिटि तथा उपत्यका कमिटी गठन भएको छ विगत लामो समय देखि बन्न नसकेको कमिटि गठन भएको छ। स्थानीय निर्वाचनको माहोल तातिरहेको बेला अनेरास्ववियू अाफ्नो मातहतका सम्पूर्ण कमिटीहरु निर्माण गरिरहेको छ।यसैबिच पुर्वाञ्चल राष्ट्रिय कमिटिको संयोजक मनोजचन्द ठकुरी,सहसंयोजक प्रकृति घिमिरे सचिव शिवरतन शाहको नेतृत्वमा गठन गरेको छ भने उपत्यका कमिटका संयोजकमा शैलेन्द्र बम र सहसंयोजकमा राजन बिष्ट रहने गरि गठन भएको हो।
नया कमिटी निर्माण पछि राष्ट्रिय कमिटीका संयोजक मनोज चन्द ठकुरीले अाम विद्यार्थी हक हित र अधिकारको लागि सदैव लाग्ने र विश्वविद्यालय भित्रका सबैखाले विकृति र विसंगतिको विरुद्ध डटेर लाग्ने उठाउने र विश्वविद्यालयलाई सहि दिशामा हिडाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरका थिए।
प्रतिक्रिया