नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले लाई धुलो चटाउने बताउनुभएको छ ।
शनिवार एकिकृत समाजवादी पार्टी जिल्ला स्तरिय प्रशिक्षण गोरखामा आयोजित कार्यक्रममा नेपालले आगामी निर्वाचनमा एमाले पार्टीलाई धुलो चटाउने बताउनुभयो । जिल्ला समुन्वय बिकास हलमा नेता तथा कार्यकर्ता को बाक्लो उपस्थिति रहेको थियो । नेता तथा कार्यकर्ता को बाक्लो उपस्थिले हल भरिएपछि नेता नेपालले गोरखामा पहिलो आवश्यकता भनेको एउटा ठुलो हल रहेको समेत उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले नेकपा एमाले मा जोडिने हैन छोडिने अभियान चलेको भनाई छ । नेकपा एस समाजवाद को बाटोमा लागेको र यहि पार्टी जनताको विश्वासको पार्टी बन्दै गएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया