होली मिलन कार्यक्रमको आयोजना गरी विपन्न परिवारलाई कपडा तथा खाधान सामग्री वितरण

होली मिलन कार्यक्रमको आयोजना गरी विपन्न परिवारलाई कपडा तथा खाधान सामग्री वितरण

संगिता अधिकारी

बिरगंज महानगरपालिकामा विपन्न परिवारलाई होली मसला, अविर सहित बितरण भएको छ। ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था लि. द्वारा होली मिलन कार्यक्रमको आयोजना गरी विपन्न परिवारलाई कपडा तथा खाधान सामग्री वितरण गरिएको हो। बिरगंज महानगरपालिका मनियारी टोलमा एक पचिच्स जना महिलालाई होली मसला, अविर सहित कपडा वितरण गरिएको छ।

महानगरको २२ वडा नम्बर मा रहेको दलित बस्तिमा रहेको माझी, मुसहर, माला लगायत विपन्न परिवारका महिला तथा बृद्धलाई कपडा र बाल बालिकालाई आज खाजा वितरण गरिएको ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था लि. का कार्यकारी प्रमुख अधिकृत अरुण कुमार साहले बताए। कार्यक्रम ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष कलिष्टर साहको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह रहेका थिए।
प्रमुख अतिथि सिंहले थोपा थोपाले समुद्र बन्छ भने आजको वचत भविष्य बने बताए।

कार्यक्रममा वरिष्ट अथितिमा युवा व्यावसायी बिनोद साह, जिल्ला बचत तथा ऋण सहकारीका महासचिव जिष्णु बराल तथा सुबिधा बचत तथा ऋण सहकारी संस्था लि की शम्मी अग्रवाल, डा ओम शिवशक्ती बचत तथा ऋण सहकारी संस्था परवानीपुर ब्रान्चन प्रमुख अनिल साह, अश्रिविन अग्रवाल, डा. आनन्द रौनियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन संस्थाका प्रबन्धक उमेश प्रसाद यादवले गरेका थिए।