महागढीमाई फाउन्डेसन नेपाल र लायन्स कल्ब अफ गढीमाईले संयुक्त रुपमा अभियान सञ्चालन गरी संकलन गरेको रकम मृगौला पीडितलाई आर्थिक सहयोग स्वरुप चेक हस्तांतरण आज गरेका छन।
महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने ३५ बर्षिय श्रीनिवास प्रसाद साहलाई आर्थिक सहयोग गर्नको लागि सो चेक हस्तांतरण गरिएको थियो। उनको दुबै मृगौला काम नगरेको र उपचारमा समेत आर्थिक अवस्था नाजुक रहेकोले सकस भएको भन्दै सहयोग गरिएको जानकारी गराइएको छ। ६ महिना देखि दुवै मृगौलाले काम गर्न छोडेको र उपचारको क्रममा भए भरको सम्पत्ति समेत बिक्री गरिएको आवस्थामा पनि सम्भव नभए पछि परिवारजनले आर्थिक सहयोगको अपिल गरेकोले सो सहयोग जम्मा गरिएको थियो।
विगत केहि दिनदेखि विभिन्न संघसंस्थाहरू तथा व्यक्तिगत रुपमा विभिन्न दात्ताहरुसंग कुल ८ लाख ३७ हजार, ६ सय ७० रुपैयाको चेक आज एक कार्यक्रमको आयोजना गरी हस्तांतरण गरिएको छ।
सो चेक हस्तांतरण कार्यक्रम आज महागढीमाई नगरपालिका वडा नं. २ मा रहेको श्री महेन्द्र प्राविको प्राङ्गणमा सम्पन्न गरिएको थियो। सो कार्यक्रम शिवमंगल यादवको अध्यक्षतामा गरिएको थियो। जसमा सञ्चालन जियालाल कुशवाहाको रहेको थिए भन्ने जानकारी सुवास यादवले गराएका हुन।
प्रतिक्रिया