एकीकृत समाजवादी निकट अनेरास्ववियूले भब्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पार्टी कार्यालय, आलोकनगरमा आयोजित रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रममा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि रगत दान गर्नुभएको छ । यसैगरी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि रगत दान गर्नुभएको थियो । सह अध्यक्ष वासिम आलम उप महासचिव महेश श्रेष्ठ अशोक थापा लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा अनेरास्ववियूको सीटीईभीटीई कमिटीका धेरै विद्यार्थीहरु सहभागि थिए ।
प्रतिक्रिया