एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुटाउने षड्यन्त्र सफल नहुने दाबी गर्नुभएको छ । बुधबार अनेरास्ववियु सिटिभिटि राष्ट्रिय कमिटिलेले एकिकृत समाजवादीको कार्यलयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गर्नुभयो । अध्यक्ष नेपालले मिडियामा आएका समाचारमा कुनै सत्यता नभएको भन्दै बठबन्धन टुटाउने गिरोह सक्रिय भएको बताउनुभयो । गठबन्धन एकढिक्का भएर जानेछ र कसैले गठबन्धन तोड्नुस् भनेको भए त्यो असफल हुने दाबी गर्नुभयो । आफु कार्यक्रममा आउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल भएको समेत बताउनुभयो ।
मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने नेता नेपालको भनाई थियो । उहाँले ‘जेठमा स्थानीय चुनाव हुने भन्दै गठबन्धन एकढिक्का भएर जाने उल्लेख गर्नुभयो।
प्रतिक्रिया