गायिका निर्मला थापा मगरको ‘रिसकी भोरी’ सार्वजनिक

गायिका निर्मला थापा मगरको ‘रिसकी भोरी’ सार्वजनिक

संगिता अधिकारी

 

काठमाडौं । निर्मला थापा मगरको ‘रिसकी भोरी ’लोकगितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रिसकी भोरी ’ बोलको लोक गितको भिडियो गायिका थापाले आफनो युट्युब मार्फत सार्वजनिक गर्नु भएको हो । ‘रिसकी भोरी’मा निर्मला थापा मगर र गणेश अधिकारीले स्वर दिनुभएको छ । गणेश अधिकारीको लय तथा शब्द रहेको गितमा महेन्द्र भण्डारीले एरेन्ज गर्नुभएको हो । अधिकारीको शब्द संकलन रहेको यस गितमा अहिलेका युवायुवतीको माया प्रेमको दोहोरो सम्वाद रहेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ले म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो । गितको म्युजिक भिडियोमा बबिन सिंह ठकुरी, रुबिना अधिकारी र वर्षा लम्सालको अभिनय रहेको छ । ‘गुरुआमा’ फिल्मस्ले बजारमा ल्याएको ‘रिसकी भोरीको छायाकंन भने सुरेश श्रेष्ठले गर्नुभएको हो ।