औषधि ब्यबसायी पवन आचार्यले पठाए गृहजिल्लामा सिटामोल

औषधि ब्यबसायी पवन आचार्यले पठाए गृहजिल्लामा सिटामोल

संगिता अधिकारी

 

औषधी ब्यबसायी तथा नेपाल औषधी आयतकर्ता संघका महासचिव पवन आचार्यले आफ्नो गृह जिल्ला दाङमा सिटामोल पठाएका छन । कोरोना संक्रमणको अवस्थामा अत्यावश्यक औषधि प्यारासिटामोलको अभाव भइरहेको भन्दै जन्म स्थान दाङ जिल्लामा प्यारासिटामोलको अभाव भएको पाइएकाले पठाएको जनाइएको छ । प्यारासिटामोलको अभावमा जन्मस्थानमा केहि संक्रमित छटपटाईरहेको वा पीडा महसुस गरिरहेको अवस्थाले मलाई व्यक्तिगतरुपमा उत्तरदायित्व बोध महसुस भएको छ । प्रेस वक्तव्य मा भनिएको छ । मंगलबार एक लाख १० हजार ट्याब्लेट प्यारासिटामोल दाङ जिल्लामा पठाएको आचार्यले जानकारी दिए । सिटामोललाई आचार्यका पिता युवराज आचार्य मार्फत बुधबार हस्तान्तरण हुने कार्यक्रम छ ।