विद्यालय छिर्न नदिएको भन्दै छात्राले गरिन विष सेवन, अनेरास्ववियूले गर्यो कारबार्हीको माग

विद्यालय छिर्न नदिएको भन्दै छात्राले गरिन विष सेवन, अनेरास्ववियूले गर्यो कारबार्हीको माग

संगिता अधिकारी

ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका ३ चित्रे स्थित बालज्योती माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा विमला बोगटीले विष सेवन गरेर आत्महत्या गरेकी छिन । गत पुष ५ गते उनि विद्यालय जान ढिलो भएको र बिद्यालय प्रशासनले प्रवेश गर्न नदिएपछि बाहिरिएकी थिइन । आफु विद्यालय छिर्न नपाएपछि उनले विष सेवन गरि आत्महत्या गरेको उल्लेख गरिएको छ । विष सेवन गरेको थाहा पाएपछि आफन्तले उनलाई उपचारकालागी अस्पताल पुर्याएका थिए तर बचाउन सकेनन । विद्यालय प्रशासनले आत्महत्या गर्न बाध्य बनाएको र उनिहरुमाथी कारबार्हीको माग गर्दे अखिल नेपाल विद्यार्थी राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले गम्भिर ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ती जारी गर्दे उक्त घटनाको छानविन गरि दोषीमाथी कडा कारर्बाहीको माग गर्नुभएको छ । उनि माथी प्रशासनले गालीगलौज गरि रेस्टिकेट गर्ने सम्मको धम्की दिइएको विज्ञप्तीमा उल्लेख छ । विद्यालय व्यबस्थापन अध्यक्ष तथा विद्यालय प्रशासनले मृतक छात्रा बोगटीको वालमस्तिष्कमा गहिरो असर पर्नेगरि गाली गलौज र धम्की दिइएको र विष सेवन गर्न बाध्य बनाएको भन्दै गम्भिर ध्यानकषर्ण गराएको हो । उनिहरुमाथी छानविनगरि कारबार्हीको दायरामा ल्याउनुपर्ने अनेरास्ववियूको माग छ ।