अनेरास्ववियू पूर्वाञ्चल क्याम्पस कमिटी द्वारा स्वास्थ्य शिविर सम्पन्न

अनेरास्ववियू पूर्वाञ्चल क्याम्पस कमिटी द्वारा स्वास्थ्य शिविर सम्पन्न

संगिता अधिकारी

अनेरास्ववियू पूर्वाञ्चल क्याम्पस कमिटी द्वारा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मङगलबार क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेको संयोजकत्वमा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट न्युट्रिसन र माइक्रोवायोलोजिका विधार्थिहरुले रगत ग्रुप प्रेसर बिएमआई , पोषण सम्बन्धि सेवा दिएका थिए । साथै धरान श्रेया चस्मा घरले आखाको जाँच गरेको थियो। माइक्रोवायोलोजि समुहलाई वर्षा भुजेलको र न्युट्रिसन समुहलाई प्रज्वल दुलालको संयोजकत्वमा टोलिले ३४४ जना विधार्थी , शिक्षक , कर्मचारी र स्थानीय वासिलाई सेवा प्रदान गरेका थिए।

उक्त कार्यक्रम अनेरास्ववियू केन्द्रीय सचिव सुमन कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको र उपस्थित अनेरास्ववियू केन्द्रीय सदस्यहरु मधुसूदन नेपाल , किसोर कटुवाल , शिशिर , साथै अनेरास्ववियू सुनसरी जिल्ला सचिव आशिष् प्रधान लगायत जिल्ला , नगरका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो।