अनेरास्ववियू पृथ्वीनारायण नारायण क्याम्पस कमिटी द्वारा आयोजित नृत्य प्रतीयोगिता सम्पन्न

अनेरास्ववियू पृथ्वीनारायण नारायण क्याम्पस कमिटी द्वारा आयोजित नृत्य प्रतीयोगिता सम्पन्न

संगिता अधिकारी

अनेरास्ववियू पृथ्वीनारायण नारायण क्याम्पस कमिटीले आयोजना गरेको खुल्ला नृत्य प्रतीयोगिता कार्यक्रम सम्पन्न भएको छ। खुल्ला नृत्य प्रतीयोगिताको बिजेता हिरा गुरुङ बन्नु भएको छ।३८ प्रतियोगी बिच भएको प्रतिस्पर्धामा दित्तियमा बाजु बुढा मगर,तित्तिय शान्ति बास्तोला,सान्त्वना अर्जुन शेरचन बन्नु भएको छ भने उत्कृष्ट भेषभुषाको उपाधी सेन्हा श्रेष्ठ र फ्लिमी उपाधी शिक्षा क्षेत्रीले हाँसिल गर्नु भएको छ। प्रतीयोगिताको प्रथम पुरस्कार रु १०,००० ,दित्तिय पुरस्कार रु ५०००,तित्तिय पुरस्कार रु.३,००० र सान्त्वना पुरस्कार रु.१,००० रहेको थियो।।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी )का स्थायी कमिटी सदस्य,अनेरास्ववियूका पुर्व   केन्द्रीय अध्यक्ष  पृथ्वीनारायण क्याम्पसका पुर्व सभापति तुल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा विशेष अतिथिको रुपमा अनेरास्ववियू केन्द्रीय महासचिव आरती लामा,अतिथीहरु अनेरास्ववियू केन्द्रिय उपमहासचिव राजन शर्मा पराजुली ,नेकपा एकीकृत समाजवादी कास्कीका उपसचिव डिबि राई,नेकपा एकीकृत समाजवादी पोखरा महानगरका उपाध्यक्ष प्रेम थापा ,नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य नारायण बास्तोला,अनेरास्ववियू स्थायी कमिटि सदस्य सन्तोष न्यौपाने ,अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्यहरु बज्रराज अधिकारी ,रसिका भण्डारी ,बिकास रेग्मी ,युवा संघ नेपाल स्याङ्जाका अध्यक्ष सन्तोष सापकोटा ,अनेरास्ववियू केन्द्रीय सदस्यहरु कमल बस्याल ,सुदिप पौडेल ,पोखरा महानगरका अध्यक्ष सङ्गम आचार्य लगायत जिल्ला कमिटिका बिद्यार्थी नेताहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा विशेष अतिथि अनेरास्ववियू केन्द्रीय महासचिब आरती लामा,केन्द्रिय उपमहासचिव राजन शर्मा पराजुली ,नेकपा एस कास्किका उपसचिब डिबि राई,अनेरास्ववियू स्थायी कमिटि सदस्य सन्तोष न्यौपाने ,सचिवालय सदस्य तथा कास्की जिल्ला अध्यक्ष बज्रराज अधिकारीले मन्तब्य राख्नु भएको थियो।उक्त नृत्य प्रतीयोगितामा निर्णायकको भुमिकामा सरिता दानकुटी र राम बहादुर रहनु भएको थियो।

 

२०७८ पौष २९ गते बुधबार पृथ्वीनारायण क्याम्पसमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक दिवस पौडेलले गर्नु भएको थियो भने संचालन रशिक न्यौपाने र स्वागत मन्तव्य बिजिता थापाले गर्नु भएको थियो। कार्यक्रममा बिद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो ।