नामावली दोहोरो परेको कारण घट्याे जाजरकोट भूकम्पमा मृत्यु हुनेकाे संख्या

नामावली दोहोरो परेको कारण घट्याे जाजरकोट भूकम्पमा मृत्यु हुनेकाे संख्या


जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका १ सय ५३ जना मध्ये १ सय ४७ जनाको अन्तिम संस्कार गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १ सय १ जना मध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् ।

यसअघि जाजरकोटका तीन पालिकामा १ सय ५ जनाको मृत्यु भएको भनिए पनि मृतकको संख्या भने घटेको छ । मृतक चार जनाको नामावली दोहोरो परेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेका छैनन् ।

यस्तै रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टाईले मृतकहरूको आइतबार नै अन्तिम संस्कार गरिएको बताए ।

हेर्नुहाेस् विस्तृत विवरण :