नेपाली क्रिकेट टोलीलाई एक्स-एज नेपालले हस्तान्तरण गर्यो १० लाखको चेक

नेपाली क्रिकेट टोलीलाई एक्स-एज नेपालले हस्तान्तरण गर्यो १० लाखको चेक


काठमाडौँ । एक्स-एज नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले टोलीका कप्तान रोहित पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपाली क्रिकेट टोलीको प्रदर्शनको सम्मान स्वरूप एक्स-एज नेपालले दराज नेपालमा उपलब्ध आफ्ना सम्पूर्ण उत्पादनहरूमा ५०५ को भारी छुटको पनि घोषणा गरेको थियो । यो विशेष अफर ५ नोभेम्बर साँझ ६ देखि ७ बजेसम्मको लागि मात्र थियो ।