काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार मध्यराति गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिमा ठूलो जनधनको क्षति गरेको छ ।
१५७ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा धेरै घाइते भएका छन् । जाजरकोट र रुकुम पश्चिममा सयौँ घरहरू भत्किएका छन् ।
शनिबार राति धेरैजसो प्रभावितहरू खुला आकाशमा बस्न बाध्य बनेका छन् । केही स्थानमा पालहरू टाँगिएको छ ।
नेपाल प्रहरीले जाजरकोटमा केही अस्थायी आवास बनाएको छ । नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकालले जाजरकोटमा प्रहरीले अस्थायी आवास निर्माण गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया