शोकमा च्युरी गाउँ : भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको गरियो सामुहिक दाहसंस्कार

शोकमा च्युरी गाउँ : भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको गरियो सामुहिक दाहसंस्कार


काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ च्युरी गाउँमा भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको सामुहिक दाहसंस्कार गरिएको छ। उनीहरूको स्थानीय नलगाड खोलामा सामुहिक दाहसंस्कार गरिएको हो।

शुक्रबार रातिको भूकम्पमा परि नलगाड नगरापलिका वडा नम्बर १ च्युरी गाउँका  १३ जना मृत्यु भएको थियो ।

च्युरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो।

उनीहरूको आज बिहान दाहसंस्कार गरिएको हो।

नलगाडको वडा नम्बर १ मा ४ वर्षका बिशाल बिक, २४ वर्षीया मनिषा बिक, २३ वर्षीय सुजल बिक, ५८ वर्षका दत्तबहादुर कुमाईंको निधन भएको थियो।

यस्तै, २४ वर्षीय भीमसेन बिक, ४ वर्षका सन्दिप बिक, २१ वर्षीया कमला बिक, ७ वर्षीय प्रदेश बिक, १४ वर्षीया बिमला बिक र १२ वर्षीय सुनिल बिकको पनि शुक्रबार राती नै घरमा पुरिएर मृत्यु भएको थियो।

त्यस्तै ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, ४ वर्षीयका सुशान्त परियार, ८ वर्षीय विनय परियार, १० वर्षीया सपना बिक, १६ वर्षीया अमृता पुन र १४ वर्षीया बिनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको हो।