काठमाडौं । गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा आयोजित एक कन्सर्टमा स्टेज बाटै दर्शकलाई माइकले झट्टी हानेछन् । गीत गाउन स्टेजमा आउँदा उनी रक्सीले मातेका थिए ।
घटनाको भिडिओ अहिले टिकटकमा भाइरल भएको छ । उनले दर्शकलाई सुरूदेखि नै अपमानित गरेका थिए ।
‘झिल्के’ भन्ने गीत एकचोटि गाउँ न त’ भन्दै उनले बोल्न सुरु गर्छन् । दर्शकले ‘झिल्के‘ झिल्के‘ ’ भन्दै कराउँछन् । पोखरेलले नेपालमा भूकम्प गएर मानिसहरु मरेको भन्दै दर्शकलाई शान्त हुन भन्छन् ।
उनले लर्बरिएको स्वरमा भनेका छन्, ‘मलाई नरमाइलो लागिराखेको छ । नेपालमा १३० भन्दा बढी मान्छे मरेका छन् । हामी एकछिन मौन धारण गरौं ।’
उनी माइक समातेर मौन धारण गर्न खोज्छन् । तर, सक्दैनन् । दर्शक पनि हल्ला गरिरहेकै हुन्छन् ।
मौनधारण यत्तिकै छोडेर पोखरेलले माइक मुखमा लैजान्छन् र झ्यापको सुर मागुन्गुनाउँछन् ‘बुइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल ।’
पोखरेलको यो शैलीले दर्शकमा होहल्ला बढ्दै जान्छन् । त्यसपछि उनी उत्तेजिन हुन्छन् ।
‘ए भाइ, तिमीलाई मा‘ कसम झट्टी हान्छु‘ यो भाइलाई बोला त ओइ‘ यो तालुवाला भाइलाई‘’
त्यसपछि उनी होस गुमाएर स्टेजबाट तल हाम्फाल्छन् । स्वयंसेवकले रोक्दा रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् । उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ । फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्याउँछन् । त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ ।
सुगमको यो व्यवहारको चौतर्फी रूपमा आलोचना भइरहेको छ । कार्यक्रम आयोजकले पनि खेद प्रकट गरेका छन् ।
कार्यक्रममा उद्घोषण गरेका रुद्र उपाध्यायले घटनाबाट लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुख व्यक्त गरेका छन् ।
‘मलाई त्यो परिस्थितिलाई ह्यान्डल गर्न गाह्रो परेको थियो । मैले कुनै पनि चर्चित व्यक्तिबाट यस्तो हर्कतको सामना गरेको थिइनँ ।’
उनले अब आइन्दा यस्ता कार्यक्रममा नेपालबाट अतिथि निम्त्याउँदा उनीहरूको बानी व्यहोराबारे राम्ररी बुझ्नुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया