काठमाडौँ । जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो ।
आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् ।
प्रतिक्रिया