सल्यानमा भूकम्पबाट २५ घरमा पूर्ण क्षति

सल्यानमा भूकम्पबाट २५ घरमा पूर्ण क्षति


सल्यान ।  गएराती जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट सल्यानका २५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हालसम्म कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जनाएको छ।

कार्यालयका अनुसार सबैभन्दा धेरै दार्मा गाउँपालिकामा क्षति भएको छ। दार्मा, कुमाख, सिद्ध कुमाख र शारदा नगरपालिकामा २५ घरमा पूर्णरुपमा क्षति, ५३ घरमा आशिंक क्षति र १९ घरमा सामान्य चर्किएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिए। अन्य पालिकाहरुको पनि क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ।