काठमाडौँ-रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले जाजरकोट भूकम्पप्रभावितलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
नगरपालिकाले भुकम्प प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मीसहितको औषधि र सहायता सामाग्री पठाएको छ। नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबाट नगरपालिकाले सो निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकले यो निर्णय गरेको हो।
नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
प्रतिक्रिया