काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रूकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुरू गरेको छ।
भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो। प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारू गरेको हो।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरूमा अस्पतालहरूको लाइन सुचारू गरिएको बताए।
यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे। उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताए।
प्रतिक्रिया