काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा बिक्री हुने टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।
आज एक शोक वक्तव्य जारी गर्दै क्यानले भोलि हुने नेपाल र ओमानबीचको खेलमा बिक्री टिकटको आधा रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
यस्तै, क्यानले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । गएराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
अहिलेसम्म जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया