भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने

भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने


कैलाली । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरुको लागि सुदूर पश्चिम सरकारले १ करोड रकम सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै भूकम्प प्रभावितहरुको उपचारका लागी चिकित्सक र औषधी पठाउने भएको छ ।

अहिले बिहान मुख्यमन्त्री कार्यालयमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले प्रभावित क्षेत्रमा चिकित्सक र औषधी पठाउने तयारी भएको हो ।

१ करोड रकम सहयोग गर्ने निर्णय हुँदैछ । २० जनाको चिकित्सक र औषधी पठाइने निर्णय भएको स्रोतले बताएको छ ।