काठमाडौं । धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाल पक्राउ परेका हुन्।
उनीहरूलाई लेगुवाबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको हो।
घरमा कोही नभएको बेला सोमबार दिउँसो बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया