भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाइँदै

भोलिदेखि बालबालिकालाई भिटामिन ‘ए’र जुकाको औषधि खुवाइँदै


काठमाडौं । सरकारले भोलिदेखि दुईदिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने छ ।

बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

कुन उमेरका बालबालिकालाई कति खुवाउने र

– ६ महिनासम्मकालाई भिटामिन ए र जुकाको औषधि दुवै नखुवाउने

-६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ए आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने

-एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ए पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने

-दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ए पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने

भिटामिन ए र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।

पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।