सर्वोच्चले कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्न आदेश दिएपछि भावविह्वल भएकी भारती (तस्वीरहरू)

सर्वोच्चले कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्न आदेश दिएपछि भावविह्वल भएकी भारती (तस्वीरहरू)


काठमाडौं । आफ्ना श्रीमान्‌को हत्या गर्ने योग ढकाल (रिगल) को कैद सजाय मिनाहा भएपछि सर्वोच्च अदालतको ढोका ढकढक्याएकी भारती शेर्पाले मुद्दा जितेकी छन् ।
संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका रिगलको बाँकी कैदसाजय मिनाहा गरेपछि भारती सर्वोच्च मात्र पुगेकी थिइनन्, अनशनमा समेत बसेकी थिइन् ।

बिहीबार सर्वोच्चले उनको कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्दा परमादेशको फैसला सुनाउँदा सर्वोच्चमा रहेकी भारती रोइनन् मात्रै उनले मुद्दा जितेपछि सर्वोच्चको पेटी सकेत ढोगेकी छन् ।