रिगल कैद मिनाहा प्रकरणमा आज निर्णय सुनाइने

रिगल कैद मिनाहा प्रकरणमा आज निर्णय सुनाइने


काठमाडौं । सरकारबाट कैद मिनाहा पाएका योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा हिजो (बुधवार) नै सुनुवाइ सकेको सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।

कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीवार निर्णय सुनाउने आदेश दिएको हो।

उक्त रिटमाथि यही मंगलबार र बुधबार सर्वोच्चमा सुनुवाइ भएको थियो।

आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई आमा माफी दिन नहुने भन्दै राष्ट्रपतिको निर्णय खारेजीको मागसहित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।