काठमाडौं। नेपालमा जारी टी-२० विश्वकप छनोटमा एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई डिसहाेमले २० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै शतक प्रहार गर्ने घरेलु खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
अर्ना बियरपछि डिसहोमको डिस फाइबरनेटले पुरस्कारहरूको घोषणा गरेको हो।
यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।
नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। समूहगत चरणको अन्तिम खेलमा बुधवार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।
प्रतिक्रिया