छतको भर्‍याङबाट लडेर एक महिलाको मृत्यु

छतको भर्‍याङबाट लडेर एक महिलाको मृत्यु


काठमाडौँ । छतको भर्‍याङबाट ओर्लने क्रममा घाइते एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१० भत्केपाटीकी ६६ वर्षीय रत्नमाया दुवाल रहेकी छिन् ।

दुवाल आफ्नै साढे २ तल्ले पक्की घरको छतको भर्‍याङबाट ओर्लने क्रममा अचानक लडेकी प्रहरी वृत जगाती भक्तपुरले जनाएको छ ।

आइतबार करिब ११:०० बजे घाईते भएकी दुवालको उपचारका लागि छोराले ख्वप अस्पताल च्यामासिंह लगेका थिए । त्यसपश्चात थप उपचारको लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरिएकोमा उपचारकै क्रममा मंगलबार सांझ १८:१५ बजे मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटाएर प्रारम्भिक अनुसन्धान भईरहेको छ ।