मेला हेर्न गएका २ बालक ९ दिनदेखि बेपत्ता

मेला हेर्न गएका २ बालक ९ दिनदेखि बेपत्ता


धनगढी । कैलालीमा मेला हेर्न गएका बालक ९ दिनदेखि बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- ५ तिलकपुरबाट मेला हेर्न गएका दुई बालक ९ दिनदेखि बेपत्ता भएका हुन्।

तिलकपुरस्थित जनप्रभात माविमा कक्षा ७ र ५ मा पढ्ने प्रकाश विक र लक्ष्मण विकको कुनै अत्तोपत्तो नभएको परीवारले जनाएको छ।

बेपत्ता प्रकाश विक १५ वर्षका छन् भने लक्ष्मण ११ वर्षीय हुन्। बेपत्ता भएको ९ दिन बितिसक्दा समेत अहिलेसम्म कुनै अत्तोपत्तो नभएको बेपत्ता लक्ष्मण विकका बुवा बलबहादुर विकले बताए।

पुर्ख्यौली घर अछाम भई हाल तिलकपुर बस्दै आएका बलबहादुरले छोरा बेपत्ता भएको लामो समयसम्म खोजीकार्य गर्दा समेत फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।

बेपत्ता दुई जनाको खोजीकार्यका लागि आफन्त लगायतका स्थानमा खोजीकार्य गरेपनि फेला नपरेको आफन्त बताएका छन्।

परिवारले बालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। प्रहरीले खोजकार्य भइरहेको जनाएको छ।