काठमाडौं । श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सजाय माफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धर सोमबार पत्रकार सम्मेलनका क्रममा बेहोस् भएकी छन् । बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए । त्यसपछि परिवारले विरोध गर्दै आएका छन् । सोही प्रकरणमा मानन्धरले दसैँ लगत्तै रिले अनसन सुर गरेकी थिइन् ।
भारतीले आइतबारबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन् । २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
प्रतिक्रिया