स्राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दसैँको टीका लगाएका छन् । निर्मल निवासमा आज अपरान्ह तीन घण्टासम्म लाइनमा बसेर उनले पूर्वराजासँग टीका लगाएका हुन् ।
टीका ग्रहणका क्रममा पूर्वराजालाई अर्को वर्ष नारायणहिटी दरबारमै दसैँ मनाउन शुभेक्षा व्यक्त गरेको मिश्रको भनाइ छ । उनले सामाजिक सञ्जालमा पूर्वराजाको हातबाट टीका लगाउन स्वार्थरहित सर्वसाधारणको भिड लागेको तर राष्ट्रपतिकहाँ टीका लगाउन केही पार्टीनिकट मानिस र उच्चपदस्थको पा
तलो उपस्थिति रहेको टिप्पणीसमेत गरेका छन् ।
प्रतिक्रिया