मुसिकाेटकाे हाेटलमा घाँटी रेटेर एक युवतीकाे हत्या, एक जना पक्राउ

मुसिकाेटकाे हाेटलमा घाँटी रेटेर एक युवतीकाे हत्या, एक जना पक्राउ


रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा युवती मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको र अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए ।

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरेकाे हाे ।

मृतक युवतीको घाँटी रेटेर हत्या गरिएको उनको भनाइ छ ।  प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो । रासस