कर्णाली प्रदेश प्रहरी प्रमुख उत्कृष्ट सृजनशील कार्यबाट प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल सम्मानित हनुभएको छ ।
नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन पुलिस बटन मा नेपाल प्रहरी प्रधान कार्यालयले गरेको देशभरीको मुल्याङ्कनबाट उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्राप्त गर्न सफल हुनुभएको हो ।
कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री राज कुमार शर्माको प्रमुख आतिथ्यता ६८ औं प्रहरी दिवस वीर अमर प्रहरीहरुप्रती श्रद्धासुमन साथै अमर प्रहरी परिवारजनलाई सम्मान सहित उत्कृष्ट कार्य गर्ने मातहतका प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी मनाईएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि कर्णाली प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि।सी।, विशेष अतिथि जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, अतिथीहरुमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणी पौडेल, कर्णाली प्रदेश सरकारका कानूनी सल्लाहकार एवम् मुख्य न्यायाधिवक्ता नर बहादुर खड्का, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल, सुरक्षा निकायका सम्पुर्ण उच्च पदस्थ अधिकृतहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरु, अमर प्रहरी परिवार, पुर्व प्रहरी कर्मचारीहरु लगायत स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथी, विशेष अतिथी र विभिन्न संघ संस्थाबाटका आमन्त्रीत अतिथीज्यूहरुलाई यस कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले स्वागत मन्तव्य सहित संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६८ औँ प्रहरी दिवसको अवसरमा दिनु भएको शुभकामना सन्देश समेत वाचन गर्नु भएको थियो । अमर प्रहरी स्मारकमा सम्पुर्ण अतिथिज्यूहरु लगायत सुरक्षा निकायका अधिकृत तथा जवानहरुले पुष्प गुच्छा अर्पण गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकालज्यूबाट अमर तथा वीरगती प्राप्त प्रहरी कर्मचारीहरुका १५ जना परिवारजनहरुलाई दोसल्ला ओढाइ सम्मान र प्रहरी कार्यलाई सहयोग पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई समेत कदर पत्र तथा प्रशंसा(पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि माननीय मन्त्री कृष्ण बहादुर जि।सी।ले विभिन्न खेलकुद, सृजनात्मक क्रियाकलापमा उत्कृष्ट हुने ब्यक्तिहरुलाई पुरस्कार तथा प्रशंसा(पत्र वितरण गर्नु हुदै विभिन्न कठिन परिस्थितिमा पनि आजको प्रहरी थप सक्रिय र उच्च मनोवलका साथ कर्तव्यनिष्ठ भई नागरिकको सेवामा समर्पित हुनु पर्ने र आवश्यक सहयोग, सहकार्यको लागि आफु सदैव तयार रहेको कुरा व्यक्त गर्नु भएको थियो ।
ूनेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन पुलिस बटन २०८०को क्रममा नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएको अनुगमन तथा मूल्याङ्कनको क्रममा प्रदेश प्रहरी कार्यालयहरु मध्ये उत्कृष्ट सृजनशिल कार्य शिर्षकमा उल्लेखनीय कार्य गरे बापत प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालज्यू र जिल्ला प्रहरी कार्यालयहरु मध्ये कार्यालयको आन्तरिक श्रोत व्यवस्थापन तथा रचनात्मक कार्य शिर्षकमा उत्कृष्ट भूमिका निर्वाह गरी उल्लेखनीय कार्य गरे बापत जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकालाई नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त प्रसंशा पत्र प्रमुख अतिथिबाट प्रदान गरिको थियो । साथै सिमित श्रोत साधन, भौगोलिक विकटताका बावजुद पनि हाल कर्णाली प्रदेश प्रहरी कार्यालयले गरि रहेका सृजनात्मक तथा नविनतम गतिविधिहरुले आम कर्णालीबासीहरुमा भरोसा र बिश्वास जगाएको हुनाले प्रदेश प्रहरी प्रमुखज्यू लगायत सम्पुर्ण प्रहरी परिवारको उच्च प्रसंशा गर्नु भएको थियो ।
प्रतिक्रिया