जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


ओखलढुंगा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी झापामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।