बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुदा तिन जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुदा तिन जना घाइते भएका हुन् ।
ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की घाइते भएका छन् । मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारि दिएको छ ।
प्रतिक्रिया