युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा नाबालकसहित ३ यातायात मजदुर पक्राउ

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा नाबालकसहित ३ यातायात मजदुर पक्राउ


विराटनगर । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।

पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका(११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४(००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगर महानगरपालिका(३ मा आइतबार बिहानको राति घटना भएको बताए । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए ।

खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले जानकारी दिए ।