‘कर्णालीमा लागुऔषध विरूद्ध लालटिन अभियान’ शुभारम्भ

‘कर्णालीमा लागुऔषध विरूद्ध लालटिन अभियान’ शुभारम्भ


काठमाडौं । सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत “कर्णालीमा लागुऔषध विरूद्ध लालटिन अभियान” नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्ण बहादुर खड्का ज्यूले एक समारोहबीच लालटिनमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको छ । सुर्खेत स्थित मंगलगढी चोकबाट बिहान ७:३० बजे बाजागाजा, बैण्ड टोली, ब्यानर र प्लेकार्ड सहित प्रभाफेरी र्‍याली कार्यक्रम सुरूवात गरी बजार परिक्रमा सहित सिटिहलमा औपचारीक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकाल ज्यूले सम्पूर्ण अतिथिहरूज्यूलाई स्वागत र लालटिन अभियानको औचित्य र कार्यान्वयनका रणनीति, कार्यनीति र योजनाबारे प्रकाश पार्नुका साथै गत बैशाख १ गतेबाट सुरूवात भएको सुरक्षित कर्णाली विशेष अभियानको उलब्धिहरू बारे प्रकाश पार्नु भयो । कर्णालीमा लागुऔषध विरूद्ध लालटिन अभियानको कार्ययोजना समेत बनाईएको छ जसमा ४ वटा रणनीति, १७ वटा कार्यनीति र ६६ वटा क्रियाकलापहरू तय गरिएका छन्

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि।सी।, कर्णाली प्रदेश सरकारका मुख्य सचिव, प्रध्यापक, सुर्खेत स्थित सम्पूर्ण स्थानिय निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, क्यामपस तथा विद्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जनसमुदाय उपस्थिति रहेको थियो । कार्यक्रममा सुरक्षा निकायहरू, विभिन्न संघसंस्था, कार्यालय, नागरिक समाज, उद्योगी, व्यापारी, शिक्षक विद्यार्थी, युवा, सुरक्षाकर्मी समेतको हजारौँ उपस्थितिमा वृहत प्रभातफेरीले बजार परिक्रमा गरेको थियो ।

उक्त समारोहमा प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्ण बहादुर खड्काले कर्णाली प्रहरीले सुरूवात गरेको सुरक्षित कर्णाली विशेष अभियान र यस अन्तर्गतका अन्य नागरिकमैत्री कार्यक्रमहरूको प्रशंसा गर्नुहुदै नेपालमा अन्य प्रदेशले पनि यस्ता उदाहरणिय अभियानहरू अनुकरण गर्न सक्ने बताउनु भयो ।

त्यसैगरी विशेष अतिथि कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि।सी।ले लागुऔषध विरूद्धको लालाटिन अभियान कर्णाली प्रदेशको लागि अत्यन्त उपयोगी भएको र यसलाई सफल बनाउन समाजको सबै वर्ग र समूह सक्रियतापूर्वक लाग्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रम कर्णाली प्रहरीद्धारा प्रहरी कामकारबाहीसँग सम्बन्धित साँस्कृतिक झाँकी (हुड्के नाच) र लोकदोहोरी प्रतिष्ठान सुर्खेतबाट लागुऔषध दुर्व्यसनी सम्बन्धि सचेतनामूलक गित समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक धर्मराज जोशिजले गर्नुभएको थियो भने प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईज्यूले प्रमुख अतिथी, विशेष अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन ज्ञापन गर्नु भएको थियो ।