भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीवार ललितपुरमा सवारी चालक अनुमति पत्रकाके अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनैपनि काममा सफल भइने बताउनु भयो । उहाँले जनतालाई झन्झटभुक्त रुपमा सहज रुपमा सेवा दिनुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले नताले पाएको सास्ती देखेर बिचल्ली देखेर विचौलियाहरुले यातायात कार्यालयहरुमा सेवाग्राहीलाई शोषण गरिरहेको बताउनु भयो । उहाँले छिटो छरितो र नम्र भएर कर्मचारीहरुले काम गर्ने हो भने विचौलियाहरु निषेधित हुँदै जाने बताउनु भयो । उहाँले सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुनु नै समस्याको जड रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अनलाइन सेवा देशव्यापी बनाउँ । अब हामीले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ । यो कुरा छिटो भन्दा छिटो गर्नुपर्छ । यसका निम्ति फेरि एक्लै कसैले गर्न सक्दैन । संघीय, प्रदेश सरकार एक्लैले सम्भव छैन । तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अँगालेका छौँ, समन्वय गर्नुपर्नेछ । समन्वय खासै भएको छैन । सहकार्य गर्नुपर्नेछ । यो काम संघीय र प्रदेश सरकार मिलेर अघि बढाएको काकम हो । हामीले हातेमालो गरेर यो कामको प्रारम्भ गरेका छौँ । निरन्तरता दिन र भरपर्दो बनाउन पनि मिल्नुपर्छ ।
सहकार्य यसका लागि पनि आवश्यक छ । हामी यही देशमा छौँ, यहाँकै जनताको सेवा गर्ने हो । हाम्रा लक्षित जनता भनेको नेपाली जनता नै हो । हातेमालो गरेर नै अघि बढ्छौँ । घोषणा पत्र जारी गरेर थन्क्याएर राख्ने हो भने यसको केही अर्थ हुँदैन । त्यसबारेमा सोच्नुपर्छ । जनतालाई झन्झटभुक्त रुपमा सहज रुपमा सेवा दिनुपर्नेछ । जनताले पाएको सास्ती देखेर बिचल्ली देखेर विचौलिया पनि चलखेल गरिरहेका छन् । उनीहरुले सहयोगका नाममा सेवाग्राहीलाई शोषण गरिरहेका छन् । कार्यालयको भित्र पस्दापस्दै विचौलिया क्षेत्र निषेधित भनेर लेखेको छ, बोर्ड मात्रै छ की कार्यान्वयन पनि छ । बोर्डअनुसार कार्यान्वयन गर्नुस् । जति छिटो छरितो र नम्र भएर काम गर्नुहुन्छ, त्यति विचौलियाहरु निषेधित हुँदै जान्छन् । सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुने भएपछि के हुन्छ ? त्यहीँ नेर छ गडबढी । समस्या त्यही त्यही सञ्जाल तोड्नुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताउनु भयो । उहाँले नारायणगढ—मुग्लिन लगायतका सडकखण्डमा अझै सडकहरुका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको भन्दै सडक सुरक्षित नभएसम्म दशैँतिहार जस्ता चाडबाडमा समयमै र सहज रुपमा यात्रुहरुलाई गन्तव्यमा लैजान कठिन हुने बताउनु भयो । उहाँले अग्रिम टिकट काट्नेको संख्या गत वर्षको तुलनामा धेरै भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई चार ठाउँको बाटो अहिले पनि भत्किएको छ । नारायणगढ मुग्लिनमा अहिलेसम्म पनि बाटो निर्माण भइसकेको छैन । सरकारले बाटो निर्माणमा ढिलासुस्ती गरिरहेको छ । सडकका खाल्डाखुल्डी चाँडो भन्दा चाँडो पुर्न आग्रह गर्दछु । अग्रिम टिकट काट्नेको संख्या असाध्यै धेरै छ । हामीले सोचे भन्दा पनि विशाल भीड भएको छ ।’
बाइट…सरोज सिटौला, वरिष्ठ उपाध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
बिहीवार बिहान यातायात व्यवस्था कार्यालय वागमती प्रदेशको एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्रको नविकरण,वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन भएको हो । आज बिहान संघका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा शुभारम्भ गर्नुभएको हो ।
प्रतिक्रिया