सहायक प्रहरी निरीक्षक चौधरी मृत फेला

सहायक प्रहरी निरीक्षक चौधरी मृत फेला


धनकुटा । धनकुटामा मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् । जिल्लाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक प्रकाश चौधरी मृत फेला परेका हुन् ।

४१ वर्षीय प्रकाश चौधरी मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।

मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए । उनका अनुसार चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताइएको छ ।