काठमाडौं । काठमाडौंको बानेश्वर नजिक बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ ।
प्रहरीका अनुसार काठमाडौं ३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनारमा २० वर्षीय विकाश महराको शव भेटिएको हो ।
बालाजु गोलढुंगा स्थायी घर भई अहिले शंखमुल बस्दै आएका महराको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सिरिञ्जको कभर १ थान, टिकटिके मोबाइल एक थान फेला परेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याएको छ ।
घटनाको कारण खुलेको छैन ।
प्रतिक्रिया