जाजरकोट । कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते हुनुभएको प्रमुख बस्नेत बताए। उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो।
अरिंगालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए।
प्रतिक्रिया