पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु

पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु


काठमाडौं । दाङमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु भएको छ । जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो ।

उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको बताइएको छ । आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।