नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी


काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार कम्पनीका नायव प्रबन्ध निर्देशक अर्याललाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् ।

 

उनले २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति पाएकी थिइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।