हिन्दु र मुस्लिम समुदायबीच तनाव, नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

हिन्दु र मुस्लिम समुदायबीच तनाव, नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु


काठमाडौं । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ ।

ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो ।

आइतबार मुस्लिम समुदायले निकालेको र्‍यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो ।