विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको टाउकोको नसा फुटेको जटिल समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त सर्जरी न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले सम्पन्न गरेको ।
बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेका अनुसार ब्रेन एन्युरिज्म क्लिपिङ एक प्रकारको माइक्रोसर्जरी हो जसमा मेटल सर्जिकल क्लिप मस्तिष्कमा धमनी विस्फार बन्द गर्न प्रयोग गरिन्छ। शल्यचिकित्सकले बिरामीको दिमागमा पुग्नको लागि टाउकोमा सानो प्वाल बनाउँछ। यसरि माइक्रोस्कोप बाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रोसर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्यूरो सर्जन लाई पनि काम गर्न सजिलो हुने गर्दछ ।
टाउको भित्रको धमनी सुन्निने अवस्थालाई ‘एन्युरिज्म’ भनिन्छ । यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतया बिरामीहरु कोमामा जाने हुन्छन् ।
प्रतिक्रिया