काँडेतार” चलचित्र को च्यारिटी शो रिलिज

काँडेतार” चलचित्र को च्यारिटी शो रिलिज

संगिता अधिकारी

“काँडेतार” चलचित्र हिजो २०८० असार ३० गते च्यारिटी शो रिलिज भएको छ। उक्त शो  नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीज्यू, सामान्य प्रशासनमन्त्री अमनलाल मोदीज्यू, समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाहरुबाट को सहभागिता मा रिलिज गरिएको हो । चलचित्र हेरी उहाँहरुले सकारात्मक प्रतिक्रिया तथा हौसला दिनु भएकोमा हाम्रो सोच र मेहनतले मूर्तरुप पाएको महशुस गरेको निर्माता नवल खड्काले बताउनुभयो ।  मन्त्रीहरुबाट ‘यो फिल्म विषयवस्तुले परिपूर्ण, नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने सरल तथा सहज दृश्य–प्रस्तुति र सिने–प्रविधिको उच्चतम प्रयोग भएका कारण हरकोही नेपालीले हेर्नैपर्ने’ भनी प्रतिक्रिया व्यक्त हुँदा सम्पूर्ण काँडेतार तथा सामना फिल्मस् परिवार खुसी भएका  उहाले बताउनुभयो । हिजो चलचित्र प्रदर्शनमा सहभागी हुने हरकोही दर्शकहरुबाट पाएको श्यावासी र प्रशंशाबाट धेरै भन्दा धेरै ऊर्जा मिलेको जानकारी गराउन चाहन्छौं । साथै यो फिल्मस् आगामी फागुन २५ बाट देशविदेशका चलचित्र घरहरुमा प्रदर्शन गरिदैंछ। त्यसबेला पनि यसरी नै चौतर्फि साथ, समर्थन र सहयोगको अपेक्षा राखेका छौं । निर्माण खड्काको भनाई छ ।